बनाउने विधि ः
सर्वप्रथम ठिक्क टुक्रामा काटेको काउली, ब्रोकाउली, गाजर नरम हुने गरी उमाल्ने र उमालेको पानी पूरै निकालेर छुट्टै भाँडोमा हाल्नुपर्छ । त्यसपछि एउटा बावलमा मटरकोसा, मसिनो काटेको क्याप्सिकन, धनियाँ, लुसनको पेस्ट, कागतीको रस, तेल मिलाइसकेपछि अगाडि उमालेको भेजिटेबल र उमालेको नुडल्स हालेर राम्ररी हल्कासाथ चलाउनुपर्छ र माथिबाट मरिचको धूलो हालेर सर्व गर्दा बेस हुन्छ ।

आवश्यक सामग्री (४ जनाका लागि)
काउली
२०० ग्राम
ब्रोकाउली
२०० ग्राम
गाजर
१ कप
कलिलो मटरकोसा
१०० ग्राम
रातो क्याप्सिकन
१०० ग्राम
धनियाँ
२ टेबल चम्चा
कालो मरिच
थोरै
नुडल्स -उमालेको_
१०० ग्राम
कागतीको रस
१ टेबल चम्चा
लसुनको पेस्ट
१ टेबल चम्चा
ओलिभ तेल
१ टेबल चम्चा